चिनियाँ राष्ट्रपतिको शनिवारको भ्रमणको लागि सवारी चलाउने रिहर्सल हुँदै
चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबारदेखि दुई दिने राजकीय भ्रमणमा नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको मात्र छैन सुरक्षार्थ तथा सवारी चलाउनेलाई रिहर्सल समेत गर्न थालेका छन् ।
सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीले अहिले ३ बजे विमानस्थलदेखि होटलसम्म रिहर्सल गरिरहेका छन् । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी बस्ने सोल्टी होटलसम्म कार्गेडसहितको रिहर्सल गरेका हुन ।
राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने चिनियाँ अंगरक्षकका साथ पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा अनुसन्धान विभागका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने छन् । सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहनेछन् ।
प्रतिकृया दिनुहोस्