गत माघमा हराएका पर्यटक र नेपाली गाइडको शव फेला
बैशाख २०, काठमाडौँ ।
गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिमा हराएका एक जना नेपाली गाईड र एक कोरियन पर्यटक मृत्य भेटिएका छन् । उनीहरु गत बर्षको हिमपहिरोमा परेर बेपत्ता भएका थिए । बेपत्ता भएका सातै जना माध्ये अन्यको भने यस अगाडि नै भेटिएको थियो । बाकी दुईको शव भने वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा भेटिएको नेपाली सेनाले जनाएको छ ।
बेपत्ता भएका उनीहरुको खोजीमा नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोली खटिएको थियो । सोही टोलीले दुई शवलाई शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको दाबी गरेको छ ।
प्रतिकृया दिनुहोस्