April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

ट्रान्स हिमालय एड्भेन्चरको लागि बाइकरहरु मुस्ताङ प्रस्थान

ट्रान्स हिमालय एड्भेन्चरको लागि बाइकरहरु मुस्ताङ प्रस्थान

बाइकरहरुको ‘ट्रान्स हिमालय एड्भेन्चर’ ¥याली सोमबार काठमाडौँबाट मुस्ताङतर्फ प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट बाइकरको टोलीलाई बिदाइ गरे ।

Advertisement

बाइकरको टोली सोमबार पोखराको सराङकोट पुग्नेछ । त्यसपछि मंगलबार कालोपानी, लेते हुँदै उक्त टोली मुक्तिनाथ पुग्ने कार्यक्रम रहेको छ । यसैगरी बाइकरहरुको उक्त ¥याली मुस्ताङबाट जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुने बताइएको छ ।

Advertisement

पोखरामा आयोजना हुने ‘मोटो इन्डुरो च्याम्पियनसिप’ मा पुगेर बाइकरहरुको ¥याली टुंगिने छ । बाइकरको टोलीलाई पोखरामा प्रदेशसभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्वसदस्य सम्पन्न श्रेष्ठ, पोखरा महानगर खेलकुदका अध्यक्ष दीपक गोदारलगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभलअन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रूपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देशसमेत फैलाउन सहयोग पुग्ने गरी उक्त राइडअन्तर्गत अन्य विभिन्न कार्यक्रम पनि आयोजना गरिने आयोजक नासा नेपालले जनाएको छ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज, सेफ राइडिङ र ट्यालेन्ट हन्टजस्ता विभिन्न विभिन्न कार्यक्रम पनि आयोजना गरिने नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।