January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

डुलुवा व्यापारीले वनाए पर्यटक हैरान

बुधवार ०८, कार्तिक २०७६ काठमाडौं ।
बुधवार डेड घण्टाको समय लिएर हनुमान ढोका दरबार स्क्बाएर घुम्न आउनु भएकी अमेरिकी नगरिक सेरी स्यापिरोले करिब ४५ मिनेट हनुमान ढोकाका घुमन्ते व्यापारीलाई सामान नकिन्ने भन्दै बिताउनु प¥यो । ब्यापारीले उहाँलाई समान अनिबार्य किन्नु पर्ने हनुमान ढोका स्क्बाएरको नियम छ भनेर समेत दबाब दिए अन्तत उहा“ले हेण्डिक्रयाफ्टको हाते व्याग किनेर बाहिरिनु भो । सेपिरो त एक प्रतिनिधी पात्र मात्र हुनुहुन्छ । हाल हनुमान ढोका आउने अधिकासं पर्यटकले सेपिरोको झै हैरानी बेहोनु परेको छ । डुलुबा व्यापारीले ब्यापारको नाममा पर्यटकलाई पच्छाउने अनी जबरजस्ती सामान बिकाउने नियत राख्दा हुनमान ढोका आउने पर्यटकले हैरानी बेहोनु परेको हो । त्यस्तै सडक बालबालिकाले पर्यटकलाई देख्ने बित्तिकै खुट्टा पकडेर पैसा माग्ने प्रबृतिले पनि पर्यटकलाई दुःख दिने गरिएका छन् ।
भारतीय मुलका देखिने डुलुबा व्यापारीले पर्यटकलाई धम्काउने रेष्टुरा लैजान उत्प्रेरित गराउने देखि गैर कानूनी समान समेत पर्यटकलाई बिक्री गर्ने गरेको स्थानिय बासिन्दा श्यामकृष्ण महर्जन बताउनु हुन्छ । महर्जनका अनुसार भारतीय मुलका व्यापारीले पर्यटकलाई नेपालको कानून कमजोर छ सम्मका कुराहरु गरेर पर्यटकलाई समान किन्नको लागि दवाव दिने गरेका छन् ।
हनुमान ढोका स्क्वाएरमा रहेका करिब २० जना डुलुबा ब्यापारीले पर्यटकलाई दबाबमा पारेर सामान किनाउने गरेको गुनासो सुनिन अएकोले प्रहरी प्रशासनलाई जानकारी गाराएको काठमाण्डौ मेट्रोपोलिसन सिटीका पदाधिकारीले बताएका छन् ।
हनुमानढोका स्क्वाएरमा पर्यटक सुरक्षाको लागि भनेर बिहान र दिउँसोको सिफ्रट बनाएर दैनिक प्रहरी टोली हनुमान ढोकामा सुरक्षार्थ रहने गरेको छन् ।

जुन टोलीले डुलुबा ब्यापारीको गुनासो नसुन्दा पर्यटक निरास भएर फर्कनु परेको हो । तर प्रहरीले भने पर्यटकले गुनासो नगरेकाले गर्दा डुलुबा ब्यापारी लाई नियन्त्रणमा नलिएको जनाएको छ । नियन्त्रमा लिएको व्यापारीलाई पनि कानूनको अभाबमा सम्झाएर छाडने गरेको पर्यटन प्रहरीले जनाएको छ ।

Advertisement