एक दशकसम्म भ्रमण वर्ष मनाउनु पर्छ मन्त्री भट्टराई
१३ कात्तिक , जनकपुर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने योजना रहेको बताएका छन् । बुधबार जनकपुरस्थित नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्ने विषयमा बोल्दै भट्टराईले एक दशकसम्म पर्यटन बर्ष मनाउने बताएका हुन् ।
विभिन्न ठाउँबाट जनकपुरधाम भ्रमणमा आउने पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिए । उनले पर्टकको बसाई लम्ब्याउन आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नुपर्ने पनि बताए । ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गछर्न’, उनले अगाडि थपे, ’अबदेखि यहाँ आउने पर्यटकलाई छिन्नस्ता, गढीमाई, बारा, पर्सा र महोत्तरीका अन्य ठाउँ घुम्ने वातावरण बनाउन आवश्यक छ।’
प्रतिकृया दिनुहोस्