ल्हासा–काठमाडौँ उडान बन्दले पर्यटन बर्षलाई धक्का लाग्दै
२६ कात्तिक, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौँ उडान रोकेको छ । काठमाडौं र सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासा हुँदै आएको उडान रोकिएपछि यो सर्वत्र चासोको बिषय भएको छ । एयर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई संख्या घट्दा नेपालको पर्यटन क्षेत्रलाई असर पर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्