April 30, 2025, Wednesday
[nepali_today_date]

यातयातका साधनमा भ्रमण वर्षको लोगो टाँसिने

काठमाडौँ,
देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको समझदारीअनुरुप लोगो राखिएको छ ।

सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ । यस्तो लोगो चार प्रकारको हुनेछ । गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ ।

प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अङ्कित लोगो बनाइएको छ । देशभर कालो नम्बर प्लेटधारी यात्रुबाहक र मालबाहक गरी तीन लाख हाराहारीमा यातायातका साधन रहेको महासंघको दाबी छ । आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने छ । भ्रमण वर्षको सन्दर्भ पारेर सार्वजनिक सवारीसाधनमा सचेतना अभिवृद्धिका लागि १०० स्वयंसेवक परिचालन गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले बताउँनु भयो ।

Advertisement