गढीमाई मेला सुरु, ६० लाख भक्तजनले दर्शन गर्ने अपेक्षा
आइतवार १ मंसिर, २०७६ काठमाडौं ।
बारामा प्रत्येक पाँच वर्षमा लाग्ने चर्चित गढिमाई मेला आइतबारबाट सुरु भएको छ । मेलामा भारतीय तथा स्वदेशी भक्तजनहरुको निकै ठूलो सहभागीता हुने गर्छ । मेलालाई व्यवस्थित गर्न ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । पशुवली १७ र १८ मंसिरमा हुने तय भएको छ । १७ गते राँगा र १८ गते बोकाको बली दिइने छ ।
मेलामा करिव ६० लाख भक्तजन सहभागी हुने मेला व्यवस्थापन समितिका संयोजक मोतिलाल कुशवाहले जानकारी दिए । गढीमाई मेलालाई सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विभिन्न रणनीति बनाएको छ । मेलामा भिडहुने दिनलाई मध्यनजर गर्दै सुरक्षा समितिले एक हजार भन्दा सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं राष्ट्रिय अनुसन्धानका गरी आवश्यकता अनुसार हजारका संख्यामा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेलाको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसि क्यामेरा र ड्रोनको समेत प्रयोग गरिने सुरक्षा समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस्