January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

लुम्बिनीको मायादेवी मन्दिर एकपटकमा १० जनाले दर्शन गर्नेगरी खुल्ला

लुम्बिनीको मायादेवी मन्दिर एकपटकमा १० जनाले दर्शन गर्नेगरी खुल्ला

कोरोना महामारीसँगै लकडाउन र निषेधाज्ञाले बन्द भएको लुम्बिनीको मायादेवी मन्दिर एक पटकमा १० जनाले दर्शन गर्न पाउँनेगरी खुल्ला गरिएको छ । यो मन्दिरको बाहिरी परिसरमा केही दिन अगाडि खुल्ला गरिएको भएपनि भित्री परिसर आजबाट खुल्ला गरिएको हो । कोभिड १९ को महामारीको जोखिम न्यूनीकरण गर्नभन्दै सरकारले चैत ११ देखि गरेको लकडाउनका कारण लुम्बिनी बन्द थियो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार लुम्बिनीको अवलोकन गरी सर्वसाधारणका लागि मायादेवी मन्दिर खुल्ला भएको जानकारी दिएका हुन् । उनका अनुसार एक पटकमा १० जना प्रबेश गर्न पाउँने गरी मन्दिर खुला गरिएको हो । यसरी प्रबेश गर्दा स्वास्थ्य मापदण्ड भने पुरुै पालना गर्नुपर्ने छ । मन्दिरमा आउनेले मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएको हो ।

Advertisement