December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

चालिस देशका पर्यटन मन्त्री नेपाल आउँदै

चालिस देशका पर्यटन मन्त्री नेपाल आउँदै

शुक्रबार ०६, मंसिर २०७६, काठमाण्डौ
सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औंँ हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ । नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी गराइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदो जनवरी १ का दिन पर्यटन बर्ष घोषणा गर्दा चालिस राष्ट्रका पर्यटन मन्त्री र ५० औँ हजार जनसमुदायबीच भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेकाहुन् । भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गरिने उनले बताए ।
शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको बताएका छन् ।
सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ । मन्त्री भट्टराईले भ्रमण वर्षलाई लक्षित गरेर नेपाल सरकारले हिमाललाई चढ्न सुविधा दिने योजना बनिरहेको बताए ।
माथिल्लो हिमाली भेगमा जानको लागि पैसा लाग्ने गरेकोमा त्यसमा पनि छुट दिने तयारी गरेको र भिसा लगाउने कुरामा पनि केही छुट गर्ने तयारी गरको बताएका छन् । कार्यक्रममा मन्त्री भट्टराईले केही नयाँ हिमालहरुलाई पनि आरोहणको लागि खुला गर्न लागिएको जानकारी दिनुभयो ।

Advertisement