पर्यटकको स्वागतमा ब्यास्त नगरकोटका ब्यावसायी
नगरकोट नल्दुम पर्यटन विकास समिति र नाल्दुम नगरकोट जेसीजले नगरकोट घुम्न आएका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार नगरकोटको भट्टेडाँडामा ३५० जना आन्तरीक तथा बाह्य पर्यटकहरुलाई खादा, माला र साँस्कृतिक झाकीसहित सम्मान गरिएको हो । नगरकोटको पर्यटन प्रवद्र्धन गर्ने साथै पर्यटन बर्ष २०२० मा नगरकोटमा पर्यटकहरु अत्यधिक बृद्धि गर्ने उद्धेश्यले पर्यटकहरुलाई स्वागत गरिएको हो । स्वागत कार्यक्रमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह हुने र नगरकोटको पर्यटनमा अझ बढि सुधार हुने विश्वास गरिएको छ । पर्यटकहरुलाई सम्मान गर्दै समितिका अध्यक्ष गुरुङले नगरकोटमा सुर्योदय, सुर्यास्त र प्राकृतिक मनमोहकता हेर्न मात्र नभै यहाँ केही रात बढि समय बिताउन सक्ने गरि विविध सांस्कृतिक महत्व प्रस्तुत गर्ने र वातावरणिय अवस्थामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिकृया दिनुहोस्