January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

गढीमाई मेलामा भक्तजनहरुको भिड बढ्दै, यो पटक करोड पुग्ने अनुमान

गढीमाई मेलामा भक्तजनहरुको भिड बढ्दै, यो पटक करोड पुग्ने अनुमान

१७ मंसिर, २०७६, काठमाण्डौ । करिब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई देवीको स्थापना बारा सिम्रौनगढका तिरहुतेहरूको शासनकालमा भएको मानिन्छ । सर्वाधिक पशु बलि दिइने मेलाका रुपमा परिचित बाराको गढीमाई मेलामा झूण्डका झुण्ड भक्तजनहरु मेला भर्न त्यहाँ पुग्न थालेका छन् । मंसिर १ गतेबाट सुरु भएको मेला एकमहिना सम्म चल्नेछ । हरेक पाँच वर्षमा लाग्ने मेलाको आकर्षण गढीमाईमा देख्न सकिन्छ ।

Advertisement


कडा तान्त्रिक र धार्मिक विधिबाट मानव रगत सहितको पञ्चबलिपछि गढिमाईमा बलि भाकल लिएर आउनेहरूका लागि बलि खुल्ला गरिन्छ । देवीलाई दिइने पञ्च बलिमध्ये सेतो २ मुसा पुजारीहरूको समूहले १७ गते वनमा गई तान्त्रीक पूजा गरिसकेपछि मुसा आफैं भेटिने र उक्त मुसासहित रातको २ बजेदेखि पूजा प्रारम्भ गरी बोका, लोकल कुखुरा भाले, सुँगुर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफै प्रज्वलित हुने गर्छ ।

Advertisement

दियो प्रज्वलित भएपछि लगत्तैै हाँसको ५ वटा अण्डा बलि दिई अण्डामै त्रिशूल गाडिन्छ । अनि ५ वटा राँगा मन्दिरकै मौलामा बलि गरेपछि बलि सबैका लागि खुल्ला हुने प्रचलन रहिआएको छ ।
गढीमाई पञ्चवर्षिय मेलामा मंगलबार बिहानैदेखि रांगाको बलि दिने कार्य शुरु गरिएको छ । राँगा बलि दिनुभन्दा पहिला सोमबार राति १२ बजे देखि गढीमाईको पुजारीहरुले तान्त्रिक बिधि अनुसार मंगलबार बिहान ७ बजेसम्म पुजा गरेर पञ्चबलि दिएका छन् । पञ्चवलिको रुपमा मुसा, बोका, पाठी, परेवा, हासको अण्डा गरि पाँच जिवलाई बलि दिने चलन छ ।

विगतका मेलामा करिब ८० लाख भक्तजन आउने गरेका थिए । यस पटक करोड पुग्ने समितिको अनुमान छ ।
भोली १८ गते बोकाको बलि दिने कार्यक्रम रहेको छ । मेलामा पशु बलि दिदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । मेलामा भाकल गरेका राँगाहरू बलिपश्चात त्यही छोडेर जाने र उक्त मासु केही समुदायले प्रसादको रुपमा घर लैजाने चलन रहेको छ ।


बारा, बरियारपुरकी गढी माईलाई साक्षात् देवी मानिन्छ । यिनले इच्छा पूरा गर्दछिन् भन्ने जनविश्वास रहेको छ ।
गढीमाईसँग भाकल पुरा भएपछि धेरै श्रद्धालुहरुले राँगा दिने गरे पनि त्यसलाई रोक्नुपर्छ भनी केहीले माग गरेपछि यस क्षेत्रमा त्यसको बिरोध समेत शुरु भएको छ ।