January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

अन्तर्राष्ट्रिय उडानमा जेठ १७ गतेसम्म बन्द

अन्तर्राष्ट्रिय उडानमा जेठ १७ गतेसम्म बन्द

काठमाडौं– कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेसँगै अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध ३१ मे (जेठ १७ गते) सम्म लम्ब्याइएको छ । कोरोना संक्रमण तत्काल नियन्त्रणमा आउने नदेखिएपछि उडान प्रतिबन्धको अवधि थप गरिएको हो ।


नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै नेपाल र भारतबीचको उडान बाहेक सबै उडान स्थगन भएको जनाएको हो । भारतसँग भने एयर बबल उडानअनुसार सातामा दुई उडान हुने प्राधिकरणको सूचनामा उल्लेख छ । यसअघि अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो ।

Advertisement