March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

चार्टर फ्लाइट गर्दा चार गुणासम्म भाडा लिएपछि अर्थराजनीतिक क्षेत्रमा तरङग

चार्टर फ्लाइट गर्दा चार गुणासम्म भाडा लिएपछि अर्थराजनीतिक क्षेत्रमा तरङग


काठमाडौं । भारतीय नागरिकका लागि चार्टर फ्लाइट गर्दा चार गुणासम्म भाडा लिइएको भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कारबाहीका लागि नेपाल सरकारलाई पत्र लेखेपछि अर्थ र राजनीतिक क्षेत्रमा तरङग पैदा गरेको छ । हिमालय एयरलाइन्सले साउदी अरेबियामा चार्टर फ्लाइट गर्दा अत्यधिक महँगो भाडा लिइएको पाइएको छ ।

Advertisement


भारतीय राजदूतावासको विशेष अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भइ नेपाल एअरलाइन्सले जम्मा ७ वटा तथा हिमालय एअरलाइन्स्ले जम्मा ३ वटा चार्टर फ्लाइट उडान गरेको थियो ।
हिमालय एयरलाइन्सले साउदी अरेबियामा चार्टर फ्लाइट गर्दा अत्यधिक महँगो भाडा लिइएको समाचारको खण्डन गरेको छ । नियमितभन्दा केही महँगो हुनु स्वाभाविक भएपनि प्रचार गरिएजस्तो अत्यधिक भाडा नलिइएको र कुनै ट्राभल एजेन्सीले लिएको पाइए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिने एयरलाइन्सले जनाएको छ ।

Advertisement


तीनवटा उडान भरेको हिमालय एयरलाइन्सले ट्राभल एजेन्सीहरुले बढी शुल्क लिएको भन्ने आफूहरुलाई विश्वास नभएको भन्दै बचाउ समेत गरेको छ । ‘सबै एजेन्सीको पहुंचमाभएको विश्वव्यापी टिकट वितरण प्रणाली मार्फत सबै टिकट विक्री भएको तथा भाडादरहरु सबै पनि उक्तप्रणालीको माध्यमबाट सबै एजेन्सीको पहुंचमा भएको जानकारी गराउन चाहन्छौं,’ एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘यस प्रणाली सम्पूर्ण रुपमा ट्रान्सपेरेन्ट तथा एजेन्सीहरुको माझमा प्रतिस्पर्धात्मक छ, जसबाट यात्रीले सेवाको गुणस्तर तथा सेवाशुल्कको सवालमा लाभ प्राप्त गर्न सक्दछ ।’

उक्त उडानहरुले एकतर्फी यात्री बोक्न पर्ने अर्थात फर्किदा विमान खाली ल्याउनुपर्ने भएकोले ती उडानमा नियमित उडानभन्दाअनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहने एयरलाइन्सको भनाइ छ ।

‘सामान्यतया एजेन्सीहरुले अत्यधिक शुल्क लिँदैनन् भन्ने यस एअरलाइन्स्को विश्वास रहेको छ, तथापी कुनै एजेन्सीले कुनै यात्रीसंग अवान्छनीय ढंगले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा यस एअरलाइन्स्ले आवश्यक कार्वाहीको लागि सम्बन्धित नियामक निकायमा सिफारिश गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ । यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेलमा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ देखि जेठ १७ सम्म अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडान स्थगन गरेको छ । एयर बबल सम्झौताअन्तर्गत रहेर स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा दुई उडान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

यसै क्रममा विभिन्न देशबाट पर्वतारोहण, पर्यटन र कूटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपेली सङ्घ, अमेरिका, रुसलगायत नेपालस्थित राजदूतावासबाट अनुरोध गरिएअनुसार प्रस्थानका लागि उडान अनुमति प्रदान गरिएको बताइएको छ ।