March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पाठ्यक्रममा गलत तथ्य राखेर बुद्धबारे भ्रम नफैलाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भएपनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत तथ्य राखेर भ्रम फैलाएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।

२५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै प्रधानमन्त्रीले पाठ्यक्रममा गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका हुन् । ‘प्रधानमन्त्री ओलीले मानव जातिकै कारणले खल बलिएको शान्तिलाई मानव जातिकै सचेतना र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने छ ‘ उनले भनेका छन ‘बुद्ध शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको हो ।’

ओलीले भने , ‘‘यस्ता कुराहरू नसच्चिएको भन्ने पनि सुनिन आएको छ । यस्ता त्रुटिहरू आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरू नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरू पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’’ ओलीले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको दावी गर्नु भएको छ ।

Advertisement