January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

अवैध धन्दा गर्ने चीनियाँको भेटियो चार करोडको कम्प्युटर सफ्टवेयर कम्पनीः नेपालले ७२ कामदार राख्ने अनुमति दिएको खुलासा

पुस १४ काठमाडौं ।
विदेशीले नेपालमा कम्पनी खोलेर काम गर्ने भन्ने वित्तिकै नेपाल सरकराले आँखाचिम्लेर स्विकृती दिने गरेको छ । विदेशीले के मा लगानी गर्देछन् ? त्यसबाट राज्यलाई के फाइदा पुग्छ ? त्यस्को कुनै लेखाजोखा हुने गरेको छैन् । परिणम विदेशीले नेपालमा कम्पनी खोलेको नाममा अवैध धन्दा संचालन गर्ने गरेका छन् ।
अधिल्लो हप्ता मात्र अवैध धन्दा संचालन गरेको गरेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको नेपाल कनेक्सन खोजी गर्दे गर्दा नेपालमा बैंद्य तरिकाले कम्पनी खोलेर अबैद्य कारोवार गरेको पाइएको हो ।
पक्राउ परेकाको अनुसन्धानको क्रममा प्रहरीले मनमैजुबाट ७२ जना पक्राउ गरेकामा त्यही स्थानमा यिदा नेपाल नामको कम्प्युटर सफ्टवेयर कम्पनी चलाउन उद्योग विभागबाट अनुमति लिएको भेटिएको छ । चार करोड रुपैयाँ लगानीमा ७२ जना कामदार रहने गरी दर्ता गराइएको कम्पनीले सफ्टवेयर सम्बन्धि के काम गर्यो ? अनुसन्धान जटिल देखिएको छ ।
चिनियाँ पक्राउ पछि सरकारले विदेशी लगानीका नाममा सजिलै उद्योग दर्ता गर्ने गरेको फाइदा अपराधमा संलग्न चिनियाँ नागरिकले उठाएको देखिन्छ । नेपालमा चिनियाँ नागरिक अपराधमा मुछिएको नौ महिना भइसकेपनि ती उद्योग कात्तिक महिनामा दर्ता गराइएको खुलेको छ । पक्राउ परेका चिनियाँलाई जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा म्याद थप गरेर हिरासतमा राखिएको छ । उनीहरुमाथि अहिले दोभाषेको सहयोगमा सोधपुछ गर्नेदेखि अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा अनलाइन ठगीदेखि जुवा खेलाउनेसम्मको संगठित आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिकले आफ्नो कर्तुत ढाकछोपका लागि नेपालमा उद्योग नै दर्ता गराएको खुलेको छ । उनीहरुले एक हजारभन्दा बढी चिनियाँलाई कामदारका रुपमा भित्र्याएर फरक फरक नाममा एक दर्जनभन्दा बढी उद्योग दर्ता गराएको भेटिएको हो ।
पक्राउ परेका चिनियाँलाई थप ७ दिन थुनामा राख्न प्रहरीले आइतबार अनुमति पाएको छ । दर्ता गराइएका उद्योग कुन अवस्थामा छन् भन्ने निगरानी सरकारी निकायबाट हुने नगरेको असर अहिले पक्राउ परेका चिनियाँमाथि के कार्वाही गर्ने भन्ने दुविधा प्रहरीलाई परेको छ । त्यसमा पक्राउ परेका मध्य नेपालमा अपराध नदेखिनु अनी करोडौंको लगानी देखिनुले अनुसन्धानलाई थप जटिलता पैंदा गरेको हो ।

Advertisement