नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान
पुस १५, २०७६, काठमाण्डौ ।
पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ ।
विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा थाइल्याण्डका अरुनमेन उदनान र चाचना सिनपुरु रहेकी छन् भने भारतको आसामका रञ्जन कश्यप रहेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललेउनीहरुलाई सम्मानस्वरुप खादा र अबीर लगाइदिएका थिए । सो अवसरमा महिला पर्यटकलाई हरियो पोते र पुरुष पर्यटकलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्