March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नाटाको नयाँ अध्यक्षमा गुरागाईं निर्वाचित

नाटाको नयाँ अध्यक्षमा गुरागाईं निर्वाचित

माघ ४, काठमाडौं ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं निर्वािर्चत भएका छन् । नाट्टाको शुक्रबार राति सम्पन्न मतदानमा खरेको ४०५ मत मध्ये १५० मत प्राप्त गरी गुरागाईं निर्वािचत भएका हुन् । उनका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरे ।


यस्तै वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वािचत भएका हुन् । सदस्यमा भरतजङ्ग पाण्डे, डेण्डी शेर्पा, विष्णु कार्की, लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, राजकुमार देवकोटा, विजयी भएका हुन् ।

dav
dav
dav

Advertisement