About
Contact
January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार
गृहपृष्ठ
विशेष
समाचार
अर्थनीति
बैंक
सेयर बजार
कर्पोरेट
कर
मनोरञ्जन
इन्सुरेन्स
पत्रपत्रिका
विधुत
पर्यटन
विविध
अख्तियार
जिवनशैली
साहित्य
खेलकुद
रोचक प्रसँग
धर्म
रोजगार
राजनीति
बाणिज्य
स्वास्थ्य
पत्रपत्रिका
रचना
विचार
विश्व अर्थतन्त्र
English
पर्यटन
पर्यटनमा वार्षिक दुई अर्बको लगानी
605
SHARES
वाणिज्य न्युज
२७ श्रावण २०७६
नेपालमा ठूला लगानीका पर्यटन उद्योग स्थापना गर्न र पर्यटन क्षेत्रको पूर्वाधार बलियो बनाउन सरकार कमजोर भएको छ । ठूला पर्यटन पूर्वाधामा विदेशी लगानी आकर्षण गर्न नक्सदा साना होटल रेस्टुाराँमै विदेशी लगानी सिमित भएका छन् । उद्योग विभागका अनुसार हालसम्म पर्यटमा आएको विदेशी लगानीमध्ये अधिकांश होटल रेस्टुँरामा छन् । पर्यटमा गत आवमा जम्मा २ अर्बको मात्रै विदशी लगानी आएका छन् । पर्यटनका ठूला पूर्वाधार, पाँचतारे होटल, विमानस्थल, हिमाली क्षेत्र, पर्यटनका सम्भावना देखिएका धेरैवटा गन्तव्यमा पर्यटक आकर्षण गर्न सकिएको छैन । उद्योग विभागमा पर्यटन उद्योगको रूपमा दर्ता भएका कूल ६१ वटा कम्पनीमध्ये २६ वटामा मात्रै चिनियाँ लगानीकर्ता रहेका छन् । ६१ वटा दर्ता भएका होटल तथा रेष्टुरेन्टको क्षेत्रमा ३७ वटामा सबै लगानी विदेशी रहेको छ भने १० वटामा विदेशी र स्वदेशी लगानी रहेको छ । विदेशी र स्वदेशी दुवैको संयुक्त लगानी भएको १० वटा होटलमा स्वदेशीहरुको सेयर भने निकै कम छ । विदेशी लगानी रहेको ४७ वटा होटल तथा रेष्टुरेन्टमा जम्माजम्मी दुई अर्ब ८९ करोड ९१ लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ । साना, मझौला र ठूला सबै उद्योगको रूपमा दर्ता भएका होटल तथा रेष्टुरेन्टमा ५० लाख रुपैयाँदेख करिव दुई अर्बसम्म लगानीको प्रतिवद्धता जनाइएको छ । सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलनको तथ्यांकलाई हेर्ने हो भने पनि कूल ३४ खर्ब ६८ अर्बका योजनामा विदेशी लगानी खोजेको छ । यस मध्ये पर्यटन क्षेत्रमा ७२ अर्ब रुपैयाँ आकर्षित देखिन्छ । यसमा पनि नेपालको विकासको मुहार फेर्न सक्ने र दीर्घकालिन उपलब्धि हुन सक्ने योजनाको रूपमा अगाडि सारिएको ठूला पूर्वाधार मात्रै हो । यस्तो ठूला पूर्वाधार मध्येको सरकारले विदेशी लगानी खोजेको क्षेत्र हो निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल । यो विमानस्थल बन्न सकेको खण्डमा नेपालको पर्यटनले विश्व बजारलाई चुनौति दिने गरी पर्यटकीय लाभ लिन सक्ने छ । यो आयोजना सरकारले वर्षोदेखि छनोट गरेर राखेको छ तर लगानी जुटाउन नसकेका कारण योजनालाई कागजमा सिमित मात्रै पारेको छ । बार्षिक रूपमा बजेट त विनियोजन गर्छ । तर अपेक्षा अनुसार त्यसको खर्च हुँदैन् । भएको बजेट खर्च गर्न नसक्ने समस्या अर्को चुनौति पनि हो । यस्ता पर्यटन उद्योग काठमाडौं, ललितपुर, काभ्रे नुवाकोट, नवलपरासी, बाँके, झापा लगायतका जिल्लामा विदेशीले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने जनाएका छन् । विभागको तथ्यांक अनुसार यी सबै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएपछि करिव एकहजार आठ सय सात जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । हालसम्म सरकारले हल्ला गरेको र विदेशी लगानी भित्र्याउने भनिएका विमानस्थल, वायुसेवा कम्पनी, ठूला होटल, साहसिक पर्यटन उद्योग छन् । तर हालसम्म पर्यटन क्षेत्र अन्तर्गका होटल रेस्टुराबाहेक अन्यमा विदेशी लगानी छैन । विकासको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र आर्थिक विकासको मूल खम्बा पनि हो । आर्थिक क्षेत्रको विकासमा पर्यटनको भूमिका उल्लेख्य रहेको भन्ने गरिन्छ । तर, कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिस्सा हेर्ने हो भने पर्यटनको योगदान निकै कम छ ।
Advertisement
प्रतिकृया दिनुहोस्
भर्खरै
लोकप्रिय
भन्सारसम्बन्धी कानुनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : स्वर्णिम वाग्ले
नेप्से ७.३३ अंकले घट्यो, १५२ कम्पनी राताम्मे
एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत
बागमती प्रदेश सरकारको विकास खर्च कमजोर
एक महिनामा चार अर्ब ९९ करोडको विदेशी लगानी स्वीकृत
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ आयोजना हुदै
२४ पुष २०८१
तिब्बत क्षेत्रमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, ३२ जनाको मृत्यु, ३८ घाइते, नेपालमा के भयो ?
२३ पुष २०८१
४६० अर्बको मुगु कर्णालीमा भारतीय अर्बपति अडानीले लगानी गर्ने, चौधरी ग्रुप स्थानीय साझेदार
२४ पुष २०८१
भूकम्प प्रभावः परीक्षा सर्यो , कलेज बन्द, कहाँ के क्षति भयो ?
२३ पुष २०८१
तिब्बतमा ७ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा ५ दशमलव २ म्याग्नेच्युडको धक्का
२३ पुष २०८१
प्रतिकृया दिनुहोस्