पर्यटकलाई नेपाल प्रवेशमा रोकः विशेष बाहेक अधिकांश भारतीय नाका पनि सिल गर्ने
फागुन २९, काठमाडौं ।
कारोना भाइसरको संक्रमण बढने खतरा बढेसँगै सरकारले विदेशी पर्यटकलाई नेपाल आउँने भिसा नदिने निर्णय गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमको अनुमान गर्दे उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय समन्वय समितिले नेपाल भ्रमणमा आउँन चाहने विदेशीलाई भिसा नदिने निर्णय गरेको हो । सरकारले यस अघि पनि ८ देशका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले बिहिबारदेखि नै कोरोना भाइरसको संक्रमणलाई महामारीका रुपमा घोषणा गरेपछि नेपालले पनि अब कुनै पनि विदेशी नागरिकलाई तत्कालको लागि पर्यटक भिसा नदिने निर्णय गरेको हो ।
सरकारले खुल्ला सीमाना भएको भारत तर्फका अधिकांश नाकापनि सिल गर्ने निर्णय गरेको छ । भारत तर्फका केही रणनीतिक महत्वका नाका मात्रै खालेर अन्य नाका सिल गर्ने निर्णय सरकारले गरेको हो । खोल्ने निर्णय गरेका नाकामा कडा निगरानी गर्ने भएको छ ।
भारतले पनि १५ अप्रिलसम्मका लागि कुनै पनि देशका नागरिकलाई भिसा नदिने निर्णय गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्