May 15, 2025, Thursday
२०८२ जेष्ठ २

नेपाल भारत सुरक्षा प्रमुख बैठक, यस्तो भो सहमती

शुक्रबार ०६, मंसिर २०७६, काठमाण्डौं
नेपाल र भारत विच सीमा विवाद उत्कर्षमा पुगेको समय दुबै देशका प्रतिनिधीविच छालफल र सहमती भएको छ । बुधबारदेखि पोखरामा भएको तीन दिने नियमित बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकोले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको हो । यसैगरी सूचना आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मिलित बैठकको आयोजना गर्ने निर्णय भएको छ । सीमा व्यवस्थापनलाई मजवुद बनाइराख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको त्यस बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोक्दै आएकोमा त्यसलाई निरन्तरता दिइने निर्णय पनि भएको छ । दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने तथा अन्तर्देशीय व्यावसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमति समेत भएको छ ।

बैठकमा तेस्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने सहमति गरिएको छ । नियमित बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु तथा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो भने भारतका तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता थियो ।

Advertisement