March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

काठमाण्डौँ, चैत २०

Advertisement

सधैँ अन्धकारमा रहँदै आएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच ओटा गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् ।

Advertisement

उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करीब १५० घरधुरीमा बिहीवार पहिलोपटक बिजुली पुगेको छ ।

प्रदेश सरकारको रू। एक करोड २० लाख र बलान सामुदायिक वनको रू। सात सात लाख गरेर कुल रू। एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो ।

पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने, ‘यस क्षेत्रमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो विकास भनेको त यो पो हो ।’ सिरहा लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक विद्युत् विस्तार भएको हो । रासस