January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

पूर्वराजा शाहले हिमानी कोषको माध्यमद्धारा गरे कोरोना उपचार कोषमा २ करोड सहयोग

पूर्वराजा शाहले हिमानी कोषको माध्यमद्धारा गरे कोरोना उपचार कोषमा  २ करोड सहयोग


१८ चैत, काठमाडौं ।

कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोषका संरक्षक पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गरेको हुन् ।
पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् ।
उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा शाहले संकटमा आफा्नो ज्यानको प्रवाह नगरी अहोरोत्र सेवामा खटिने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।

Advertisement