April 30, 2025, Wednesday
[nepali_today_date]

पूर्वी रोल्पामा गाडि दुर्घटनामा दुईको मृत्यु

पूर्वी रोल्पामा गाडि दुर्घटनामा दुईको मृत्यु

आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा चालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् । सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङले बताउँनु भएको छ । बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ । घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका थिए । दुईजनाको श,व निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन । खोलको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ । पानीको बहाव धेरै भएकाले उद्दारमा कठिनाई भइरहेको छ । बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ । यद्यपी, यसको पुष्टी हुन सकेको छैन ।

Advertisement