March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ओली-नेपाल समुहको कोठे बैंठकः प्रचण्ड पक्षलाई महाधिबेशनसम्मै कसरी रोक्ने भन्ने दुबै समुहको कसरत

कोटेश्वरस्थित वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा नेपाल कम्युनिष्ट पार्टीका दुई समूहबीचको वार्ता सकिएको छ । तीन घण्टा भन्दा बढी समय चलेको उक्त वार्तामा दुई समूहबीच चार बुँदामा सहमति भएको स्रोतले दावी गरेको छ ।

Advertisement


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षधर नेताहरुको छलफलमा मुख्य गरी मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेको छ । यसका अलावा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सच्चिएर जाने, केही मुख्यमन्त्री र मन्त्री हेरफेर र एकता महाधिवेशनको रणनीति तय गरिएको खुल्न आएको छ ।

Advertisement


स्रोतका अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएपछिको दुबै समुह बीचको छलफलमा पूर्व एमालेको अवस्था पाटीमा के हुने भन्ने नै रहेको छ । त्यही भएर विहान ओली र नेपालले भेटे लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए । ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए । बैठकमा मन माझामाझ भएको नेताहरूले बताएका छन् । तर उनीहरुको भित्री आसय भने पूर्व एमालेको नै पाटीमा बर्चस्व कायम गर्नु रहेको ती सदस्यको दाबी छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित दुई अध्यादेश ल्याएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेका थिए । सोमबारै खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएपछि उपाध्यक्ष वामदेव गौतमसँग सम्वाद भएको छ । प्रचण्ड निवास खुमलटारमा तीन नेताबीच स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय गौतम समेत प्रधानमन्त्री सित असन्तुष्ट भएपछि ओली र नेपाल पक्ष पुरानो बर्चस्व कसरी कायम गर्न भन्नेमा लागि परेको हो ।