नेपाल–बंगलादेश व्यापार बैठक हुँदै
- वाणिज्य न्युज
- ५ कार्तिक २०७६
कात्तिक ५, काठमाडौं – नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ । बैठकमा दुई देशबीचको व्यापारिक सम्भावनका विषयमा छलफल हुनेछ । विशेष गरेर क्षेत्रीय उडान, ऊर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल हुनेछ ।
प्राविधिक समितिको बैठकले गरेका निर्णय द्ुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ । बुधवार सम्म संचालन हुने बैठकमा नेपालका तर्फबाट ५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् ।
प्रतिकृया दिनुहोस्