कस्तो अचम्म ! जँुगाकै तलब मासिक २५० ?
१९, कात्तिक २०७६ ,काठमाण्डौ। जँुगा पालेर पनि पैसा कमाइन्छ भन्दा पत्याउन त के सुन्दा पनि अचम्म लाग्न सक्छ । यो विषयमा सबैको एउटै राय हुनसक्छ जँुगा पालेर पनि कहीँ पैसा कमाइन्छ ?
सिस्ने गाउँपालिका– ६ ,रुकुमकोट निवासी हाल घोराही उपमहानगरपालिका– १५ निवासी कालिबहादुर बुढाथोकीले भने जँुगा पालरै विगत १२ वर्षदेखि मासिक तलब बुभ्mदै आएका छन् । तुलसीपुर निवासी जुद्ध एण्ड पुर्ण निर्माण सेवाका सञ्चालक पुर्ण भण्डारीले दाङको घोराहीमा रहेको वेस्टर्न डेभलप्मेन्ट बैंकमा सुरक्षा गार्डका रूपमा कार्यरत बुुुढाथोकीलाइ मासिक २५० रुपैयाँ दिँदै आएका छन् । नागवेली आकारको कालीबहादुरको जँुगा देखेर नै मन परेकाले भण्डारीले प्रोत्साहन स्वरुप मासिक तलव दिने गरेका छन् । मासिक ५० रुपैयाँबाट दिन सुरु गरेका भण्डारीले पछिल्लो समय मासिक २५० रुपैयाँ बुढाथोकीलाई दिने गरेका छन् । बुढाथोकीले २०६२ सालदेखि आफुले नियमित रूपमा ज’ँुंगा पालेवापत रकम प्राप्त गर्दै आएकोे बताए । त्यसरी ज’ुँगा पालेर प्राप्त गरेको पैसा बुढाथोकीले जँ’ुगा संरक्षणमा नै खर्च गर्ने गरेका छन् ।
बुढाथोकी अवकाश प्राप्त नेपाली सेना हुन् । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक एक सय रुपैयाँ जँुगाको तलब खाने गरेका थिए । नेपाली सेनामा हवल्दार हँुदा उनलाई गुल्मका क्याप्टेन समिर रानाले मासिक एक सय रुपैयाँ ज’ुँगा पालेवापत पैसा दिने गरेका थिए ।
प्रतिकृया दिनुहोस्