January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

भक्तपुरमा क्युएफएक्स सिनेमाको नयाँ मल्टिप्लेक्स

भक्तपुरमा क्युएफएक्स सिनेमाको नयाँ मल्टिप्लेक्स

२२ कात्तिक, २०७६ ।

भक्तपुर । सिनेमा चेन क्युएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा लन्च गरेको छ । रिगल सिनेमा प्रालिको लगानी रहेको यस हलमा टिम कोईस्टको व्यवस्थापन रहने बताइएको छ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डिफ्थ क्यूथ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ । जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ ।

यसका साथै तीनवटै स्क्रिनहरुमा डब्बी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ । पहिलो पल्ट क्युएफएक्स सिनेमाजको थिएटरमा रिक्लिनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ७०२ सिट क्षमता रहेको छ । यसमध्ये ४० वटा रिक्लिनर सिट रहेका छन् । क्युएफएक्सले नयाँ चेनमा आफ्नो मोबाइल एप र लोयाट्ली प्रोग्राम ‘गोजी’ पनि जारी राखेको छ । साथै क्यासलेस ट्रान्सेक्सनको लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ ।
यो खबर आजको आर्थिक देनिकमा प्रकाशित भएको छ ।

Advertisement