January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

यस्तो छ शुक्रवारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रवारको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको भने युरो एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ९४ पैसा रहेको छ । यता, क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५४ पैसा तथा बिक्रीदर ९७ रुपैयाँ ०३ पैसा कायम रहेको छ ।

जापानिज यान १० को खरिददर १० रुपैयाँ ६९ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । स्थिर रहेको भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?

Advertisement