September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

ओली र विप्लव समूहका नेताहरु बीच भेटवार्ता

ओली र विप्लव समूहका नेताहरु बीच भेटवार्ता

साउन ५, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न विप्लव मंगलबार बिहान उनको निवास बालकोट पुगेका थिए । ओलीलाई भेट्नका लागि विप्लवसँग उनको पार्टीका नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला लगायतका नेता पनि बालकोट पुगेका थिए ।

Advertisement

भेटमा समसामयिक राजनीति र ओलीको स्वास्थ्यबारे छलफल भएको विप्लव निकट स्रोतले जानकारी दिएको छ । नयाँ सरकार परिवर्तन भएपछि विप्लव हरेक दिनजसो नेताहरुका धाइरहेका छन् ।