September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

साउन ११, काठमाडौं ।

सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम सेवा संचालनमा ल्याएको छ ।

ए.टी.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टी.एम सेवा अन्तर्गत ए.टी.एम कार्ड र बिना ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीहरु र स्थानीयलाई लक्षित गरी  बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडेमा पनि आफ्नो ७८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

Advertisement