August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

एमालेमा प्रतिस्पर्धाका लागि धमाधम उम्मेदवारी दर्ता, कुन पदमा कति शुल्क लाग्ने ? (सूचीसहित)

एमालेमा प्रतिस्पर्धाका लागि धमाधम उम्मेदवारी दर्ता, कुन पदमा कति शुल्क लाग्ने ? (सूचीसहित)

एमालेको १० औं महाधिवेशनमा यतिखेर धमाधम उम्मेदवारी दर्ता गर्ने काम हुँदै आएको छ । एकलौटी रुपमा अध्यक्षमा केपी ओलीले नाम सार्वजनकि भएपछि अर्का अध्यक्षका प्रत्यासी भिम रावलले अध्ययक्षमा नै प्रतिस्पर्धा गर्ने अडान नछोडेपछि अध्यक्ष लगायतका पदमा उम्मेदवारी दर्ता भैसकेको छ ।

Advertisement

त्यस्तै, पदाधिकारीमा आफू नपरेपछि धनश्याम भुषालले उपध्यक्षमा उमेदवारी दिएका छन् ।  नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् । यता कोरोना प्रभावित भएर उपचार गर्दे आएका भीम आचार्यले सचिवमा प्रतिस्पर्धा गर्न नाम दर्ता गराएका छन् । विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्न सकिन प्रवधान अनुसार आचार्यले सचिबमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । समय गुज्रदै जाँदा उमेदवारी दिने क्रम बढेर गएको छ । उम्मेदवारी दर्ता गर्दे जाँदा दर्ता शुल्क कति भन्ने कौतुहलता पैदा भएको छ ।

Advertisement

एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तयार गरेको छ । जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ । यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ ।