May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका पूर्व तयारीका काम गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।  शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको चुनाव हुने बताउँदै सम्बन्धित निकायलाई तयारीमा जुट्न आह्वान गरे।

उनले भने, ‘तीन तहको चुनाव एक वर्षभित्र गर्नुपर्ने छ। तयारी जारी राख्न सबैलाई आग्रह गर्दछु।’  प्रमुख प्रतिपक्षी दलका नेताहरुले स्थानीय निर्वाचन टार्न खोजेको आरोप लगाइरहँदा देउवाले निर्वाचनको पूर्व तयारीमा जुट्न आग्रह गरेका हुन्।  प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गरेर संसदको गतिरोध अन्त्य गरिने पनि बताएका छन्।

राष्ट्रका नाममा शुक्रवार सम्बोधन गर्दै देउवाले सबै राजनीतिक दलसँग संवाद गरिने र अवरोध हटाइने बताए। ‘संसदमा रहेका सबै राजनीतिक दलहरुसँग संवाद गरेर गतिरोध अन्त्य गरिने छ,’ प्रधानमन्त्री देउवाले भने।  तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारसामु रहेको स्मरण गराउँदै उनले त्यसका लागि अगाडि बढ्न भनेका थिए। उनले सरकारले संविधानको कार्यान्वयन, आर्थिक विकास, संवृद्धिलाई प्राथामिता दिएर काम गरिरहेको दाबी गरे। देउवाले आफू नेतृत्वको सरकारले स्वदेशी उत्पादनमा जोड दिएको दावी गरे। साथै भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशीलता नीति अपनाइएको दावी पनि गरे।

Advertisement