प्रभुको ११ दशमलव ३२ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा
माघ २८, काठमाडौं ।
प्रभु इन्स्योरेन्स लिमिटेडले ११ दशमलव ३२ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गरेको हो ।
कम्पनीको माघ २४ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले माघ ९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश पठाउँने भएको हो ।
हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्नेछ ।
साथै, कम्पनीको शेयर माघ ९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा गर्ने भएको छ ।
प्रतिकृया दिनुहोस्