सात अंकले घट्यो सेयर बजार, ३ अर्बभन्दा बढीको कारोवार
साताको चाथौ दिन बुधवार कारोवार नेप्से परिसूचक ७.१६ अंकले घटेको छ । आज नेप्से ०.३३ प्रतिशतले घटेर २१७०.१८ बिन्दुमा पुगेर बन्द भएको हो ।
आज नेप्से घटेपनि कारोवार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट आएको छ । बुधवार नेप्सेमा २१६ कम्पनीको सेयर कारोवार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।
त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधवार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।
आज कारोवार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३.०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढेको छ ।
आदर्श लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ४.९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको सेयरमूल्य ३.८८ प्रतिशतले गिरावट भएको छ ।
प्रतिकृया दिनुहोस्