January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कोरोना भाइरसका कारण भारतमा थप एक जनाको मृत्यु,देशवासीका नाममा सम्बोधन गर्दै मोदी

चैत ०६, काठमाडौं ।

Advertisement

कोरोना भाइरस संक्रमणका कारण भारतमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै मर्नेको संख्या चार पुगेको छ ।

Advertisement

पञ्जाबमा एक जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चार पुगेको हो । यसअघि तीन जनाको मृत्यु भइसकेको थियो ।

पछिल्लो तथ्यांक अनुसार भारतमा १८० जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने १५ जना निको भएर घर गएका छन् ।

देशभर सयौं मानिसहरूलाई ‘सेल्फ आइसोलेसन’ वा ’क्वारेन्टाइनमा राखिएको छ ।

भारतमा विद्यालय र कलेजहरू बन्द गरिएका छन् । प्राय सबै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । विज्ञहरुले भने संक्रमण फैलिन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताएका छन् ।

यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैछन् । कोरोना भाइरसको संक्रमणबारे हुने उनको सम्बोधन नेपाली समय अनुसार साँझ साढे ८ हुनेछ ।