निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई फाँसीः फाँसीमा झुण्डिनु अगाडि के के भयो ?
एजेन्सी चैत्र ७ । सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो ।
जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चारै जनालाई एकैसाथ मृत्युदण्ड दिइयो ।’ दोषीहरुले मृत्युदण्ड पाइसकेपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।’
सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई सजाय दिइएको हो । यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो ।
घटना के थियो ?
सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए ।
चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए ।
एक जना अपराधी, जो घटना हँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।
अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।
यसरी भयो फाँसी
एजेन्सी चैत्र ७ । आज फाँसीमा झुण्डिएर मर्दैछौं भन्ने निश्चित भए पछि मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता रातभर चिलविल भए । उनीहरु थरथर कापीरहेका थिए । भित्तामा टाउको ठोक्काईरहेका थिए । तर उनीहरुको फाँसी रोकिने अदालती प्रयासहरु सबै असफल भईसकेको थियो । फाँसीबाट जोगाउन उनीहरु आफैलाई भुईमा लडिबडि गरीरहेका थिए ।
स्थानीय समय अनुसार उनीहरुलाई जेल प्रशासनले सवा ३ बजे उठायो । उनीहरुलाई नुहाउन लगायो । उनीहरुका लागि चिया मगाईयो र प्रशासनले तिमीहरुको अन्तिम ईच्छा के छ भनेर सोध्यो ? तर अँह उनीहरुले कुनै ईच्छा बताउन मानेनन् बरु रोएर बसे ।
त्यसपछि उनीहरुलाई उनीहरु बसेको ठाँउबाट उठाएर लगियो । त्यस पछि सेतो कुर्ता र पाईजामा लगाईयो । त्यस पछि हतकडी र खुट्टामा नेल लगाएर तिहाडको तीन नं जेलको फाँसीघर तर्फ लगियो । त्याहाँ छेउमा पुगे पछि कालो थैलीले उनीहरुको शीर छोपियो । त्यस पछि अझ चिच्याउन लागे उनीहरु । एक जना त फाँसी घरमा भित्रिनासाथ लडेर चिच्याउन थाले । तर पनि उनलाई उठाएर फाँसीको तख्तामा उभ्याईयो ।
त्यस पछि पवन जल्लादले जेल निर्देशकको ईशारा अनुसार लिभर खिचेपछि उनीहरु झुण्डिएका थिए । जनवरी २२ , फेब्रुअरी १ र मार्च तीनमा तय भएको फाँसीको मिति टर्दै सर्दै आए पछि चौथो पटक मार्च २० को लागि तय भएको थियो ।
२०१२ डिसेम्बर १६ मा साझँ साढे ६ बजे कुदिरहेको यात्रुबाहक बसमा ६ जनाले डाक्टर अध्ययन गरेर ईन्टर्न तयारी गरीरहेकी निर्भयामाथि सामुहिक बलात्कार पछि पाशविक यातना दिनुका साथै लिंगमा रड घुसाएर क्रुर हत्या प्रयास गरेका थिए । त्यस पछि उनलाई उपचारको लागि सिंगापुर लगिएको थियो । तर १० दिन पछि उनको मृत्यु भएको थियो । र भारतभर फाँसीको माग सहित बिशाल र्यालीहरु भएको थियो ।
६ जना मध्य एक जना राम सिंहले दिल्लीको तिहाड जेलमा आत्महत्या गरेका थिए भने अर्का दोषी नावालग भएका कारण ३ बर्ष सुधार गृहमा बसेर छुटेका थिए ।
फाँसी पछि के भईरहेको छ ?
जब स्थानीय समय अनुसार फाँसी दिईयो साढे ५ बजे । त्यस पछि जेलको बाहिर राति देखि जम्मा भएका मान्छेहरुले नारा जुलुश गरे । ढिलो भए पनि न्याय नमरेको भन्दै उनीहरुले यसबाट सबै बलात्कारीले पाठ सिक्नु पर्ने भनेर हर्षोल्लास बनाए । अहिले पनि मानिसहरुले नाराबाजी गरीरहेका छन् ।
यसैबीच निर्भयाकी आमाले ढिलो भए पनि न्याय मिलेको भन्दै छोरीका लागि आफ्नो धर्म पूरा भएको बताईन् । ८ बर्ष लामो सघर्ष पछि छोरीको आत्माले शान्ति पाएको आमा आशाले बताईन् ।
अहिले चारै दोषीको शवको पोष्टमार्टमको तयारी भएको छ । पोष्टमार्टम पछि परिवारलाई शब दिने तर परिवारले नलगेमा जेल भित्रै दाहासंस्कार गर्ने तयारी जेल प्रशासनको छ ।
निर्भयाकी आमाको प्रतिकृया
मेरो छोरी देशको एउटा राम्रो डक्टर हुने चाहन्थिन् । तर सबै सपना मात्रै हैन जीवन नै सकिदिएका थिए अपराधीहरुले । केवल मेरी छोरी निर्भयामाथि बलात्कार मात्रै गरिएको थिएन, उनको शरीरलाई क्षत विक्षत पनि पारेका थिए । ढिलो भए पनि न्याय मिल्यो । देशका अरु छोरीहरुले पनि न्याय पाउन् , अरुको छोरीले अब यस्तो भोग्नु नपरोस् । भन्दै भावविव्हल भएकी थिईन् ।
प्रतिकृया दिनुहोस्