कोरोना प्रकोप:कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
चैत ०७, काठमाडौं ।
महामारीको रूप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान मागुमाउनेको संख्या १० हजार नाघेको छ । ३ महिनाभित्र विश्वका अधिकांश राष्ट्रमा पुगेको कोरोनाबाट मर्नेको संख्या १० हजार नाघेको हो ।
शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाएका छन्।
कोरोना पहिलोपटक चीनको वुहानमा देखिएको थियो। चीनमा ३ हजार २ सय ४८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
कोरोनाले उद्गमस्थल चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान लिएको छ । कोरोना भाइसका कारण इटालीमा अहिलेसम्म ३४ सय पाँच जनाले ज्यान गुमाइसकेका छन्। बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ।
कोरोनाको प्रकोप चीनबाट युरोपतिर सरेको छ। स्पेनमा ८ सय ३१, फ्रान्समा ३ सय ७२, बेलायतमा १ सय ४४ जनाको मृत्यु भएको छ। अमेरिकामा २ सय १८ जनाको मृत्यु भएको छ। त्यसैगरी इरानमा १ हजार २ सय ८४, दक्षिण कोरियामा ९४ जनाको मृत्यु भएको छ।
प्रतिकृया दिनुहोस्