चीनसँग आज नेपालको भिडियो कन्फरेन्स हुँदै
०७ चैत्र, काठमाण्डौ ।
आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । त्यसक्रममा कोरोना भाइरसको जोखीम तथा न्यूनीकरणका लागि अनुभव आदानप्रदान र सहयोगको विषयमा भिडियो कन्फरेन्स हुने भएको हो । भिडियो कन्फरेन्स नेपाली समय अनुसार अपरान्ह ३ बजे हुनेछ ।
उक्त हुने भनिएको भिडियो कन्फरेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने जनाइएको छ । भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनेछन्।
यसअघि चिनले कोरोना संक्रमण हुन नदिन तथा भैहालेमा चाहीने सहयोगका बारेमा नेपाललाई सोधिसकेको छ । नेपालले पनि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दैे चीनलाई औपचारिक पत्राचार गरिसकेको छ ।
चीनको वुहान सहरबाट फैलिएको संक्रमणलाई चीन सरकारले लगभग सुन्यमा झार्दैे हाल आएर इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ । कोरोना पहिलोपटक चीनको वुहानमा देखिएको थियो। चीनमा ३ हजार २ सय ४८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
प्रतिकृया दिनुहोस्