बच्चालाई जन्म दिएलगत्तै कोरोनाका कारण आमाको मृत्यु
- वाणिज्य न्युज
- ८ चैत्र २०७६
चैत ०८, काठमाडौं ।
पोल्यान्डमा एक महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ ।
नाम सार्वजनिक नगरिएकी ती महिला २७ वर्षकी रहेकी बताइएको छ ।
विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ ।
उनको मृत्युसँगै पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।
उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ ।
प्रतिकृया दिनुहोस्