‘चिटियाँ कलैयाँ रे’ बाट चर्चित गायिका कनिका कपुरलाई कोरोना, पार्टीमा गएको भन्दै उनीविरुद्ध मुद्दा दायर
चैत ०८, काठमाडौं ।
बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको छ । उनी खुलारुपमा हिँडडुल गरेको भन्दै उनीविरुद्ध उत्तर प्रदेशका प्रहरीले मुद्दा दायर गरेको छ। कनिकाले चरम लापरबाही गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ बाट उनी चर्चामा आएकी थिइन् ।
उनी ९ मार्चमा लण्डनबाट भारत आएकी थिइन् । उनी लण्डनबाट फर्केपछि केही पार्टीमा भाग लिएकी थिइन् । उनलाई कोरोना देखिएपछि लखनउमा त्रास छाएको छ ।
उनी हाल आइसोलेसनमा रहेकी छिन्।
प्रतिकृया दिनुहोस्