इटलीमा कोरोना भाइरसका कारण एकैदिन ७ सय ९३ को मृत्यु
चैत ९, काठमाडौं ।
विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १३ हजार तीन जनाको मृत्यु भएको छ । ३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन् ।
९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा गएको छ । एकैदिन थप ७ सय ९३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।
बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ ।
प्रतिकृया दिनुहोस्