April 18, 2025, Friday
[nepali_today_date]

कोरोना प्रकोपः ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

१० चैत, काठमाडौं ।

Advertisement

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

Advertisement

कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ।

संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ ।