January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

के हो ‘लकडाउन’ ? लकडाउन’ हुँदा के हुन्छ ? के गर्ने के नगर्ने ?

के हो ‘लकडाउन’ ? लकडाउन’ हुँदा के हुन्छ ? के गर्ने के नगर्ने ?

१० चैत, काठमाडौं ।
कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको समितिको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेसँगै लकडाउनको बारेमा बहस शुरु भएको छ । नयाँ प्रबधान अनुसार अव मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन हिडडुल गर्न पाउँदैन ।
के हो ‘लकडाउन’ ?

जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नगर्ने कार्य नै ‘लकडाउन’ हो । समान्य अर्थमा भन्दा एकले अर्कोलाई भेटन नदिने कार्य नै ‘लकडाउन’ हो । ‘लकडाउन’ नेपालीका लागि नयाँ शब्द हो । यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन । त्यसैले कतिपय सरकारी अधिकारी पनि ‘लकडाउन’मा के हुन्छ भन्न सक्ने अवस्थामा छैनन् ।
कोरोनभाइरस फैलिएपछि चीनले वुहान र हुबेइ प्रान्तलाई लकडाउन गर्ने घोषणा ग¥यो ।
यस प्रणाली बन्द ब्यावस्थाबाट जनतालाई आगमनमा बन्देज गरेर गरिने मास उपचार प्रवृद्धि हो लकडाउन । यसमा ब्याक्ति पिच्छे नै भेटघाट बन्द गराएर समुदायको समग्र उपचार गरिन्छ । चीनको यही प्रबृद्धि आज विश्वमा कोरोना नियन्त्रणको लागि उपयोगी विधी भएको छ । कोरोनाको संक्रमण फैलिएर अप्ठ्यारोमा परेका देशलाई चीनको प्रयास नमूनाका रुपमा लकडाउन प्रणाली भन्न्छि ।
कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा पनि ‘लकडाउन’ सुरु भएको छ । विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रमा ‘लकडाउन’ गर्ने घोषणा गरेका छन् । जिल्ला, नगरपालिकासम्मले ‘लकडाउन’को घोषणा गरिसकेका छन् । संघीय सरकारले भने अहिलेसम्म ‘लकडाउन’ सम्बन्धी कुनै निर्णय भने गरेको छैन् ।
कोरोना नियन्त्रणको लागि लकडाउन बाध्यता ?
विश्वका सयौं मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रुपमा हेरिएको ‘लकडाउन’ कुनै पनि मुलुकका लागि बाध्यात्मक परिस्थिति हो । अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो । छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरुपमा ‘जनता कर्फ्यु’ लगाइसकेको छ ।‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा नीति हो, नीतिले ने कोरोना नियन्त्रणको लागि विशेष पहलकदमी हुनेछ ।
यस्मा के हुन्छ त ?
सुरक्षा निकायको शैलीमा ‘लकडाउन’ भनेको कफर््यु हो । फरक यती छ यस्मा सुरक्षा निकायले बल प्रयोग गर्देन । यस प्रणालीमा विश्वमा फैलिएको महामारीले तपाईँलाई पनि असर गर्न सक्छ । त्यसैले बाहिर ननिस्कनुहोस् घरभित्रै बस्नुस् अनावश्यक भेटघाट नगर्नुस् भनेर सम्झाउने गरिन्छ । घरबाहिर निस्कनेलाई कारवाही नै गर्न भने मिल्दैन । यसमा पक्राउ गर्ने र कानुनी उपचार खोज्ने भन्ने पनि हुँदैन ।
के छ त अन्र्तराष्ट्रिय प्रचलन ?
नेपालले भन्दा अघि धेरै मुलुकले मुलुकभर, विभिन्न क्षेत्रमा ‘लकडाउन’ घोषणा गरिसकेका छन् । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना नियन्त्रणका लागि चीनले नै उक्त क्षेत्रमा कडा ‘लकडाउन’ घोषणा गरेको थियो । कोरोनाको प्रकोप बढेपछि यस्तो गर्नुपरेको थियो ।
विदेशमा लकडाउन प्रणालीको प्रयोग ?
चीन सरकारलवे त्यसबेला सम्पूर्ण यातायातका साधनहरुमा रोक लगाउनुका साथै मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको थियो । कोरोनाले सबैभन्दा बढी असर गरेको इटलीमा पनि ‘लकडाउन’ गरिएको छ । इटली सरकारले आफ्ना ६ करोड नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएको छ । निर्देशन उल्लंघन गर्नेलाई तीन महिना जेल सजाय तोकिएको छ । स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्ररुपमा वृद्धि भएपछि ‘लकडाउन’ घोषणा गरिएको छ । फ्रान्स, साउदी अरेबिया, अष्ट्रेलिया, न्युजील्यान्ड, अमेरिकालगायतका मुलुकहरुमा पनि मानिसहरुलाई घरबाहिर ननिस्कन भनिएको छ । भारतका विभिन्न राज्यहरुमा ‘लकडाउन’ र जनता कर्फ्यू कायमै राखिएको छ ।
कडाउनले कोरोनाको जीबनचक्रमा धक्का
कोरोना भाइसर पूर्ण शाक्तिशाली भाइसर भने होइन । यो अलग प्रकतिको रुपमा बजारमा आएको छ । यो यति कमजोर हुन्छ कि कुनैपनि बयस्क मान्छेले निलेर पेटमा पुगेमा त्यो भाइरस नै पेटबाट निस्कने एसिडले मर्छ । तर कदमकदाचित त्यो भाइसर फोक्सोमा गयो भने त्यो मानिसको उपचार सम्भब नभै मानिसको मृत्यु हुने गरेको छ । परीक्षणहरुले यो भाइसर चिसोको समय मानब शरीरमा प्रबेश गरे २८ दिन सम्म बाच्ने अनुमान गरेका छन् । तर यसरी जिबित हुनलाई चिसो स्थान हुनुपर्छ । यदी गर्मी स्थानमा कोरोना शरीर भित्र छिरेमा त्यो केवल ८ दिन मात्र बाच्न सक्छ । यो भाइरस बायुमण्डलमा केबल ३ घण्टा मात्र बाँच्छ । गर्मीमा भन्दा चिसो मौसममा बढी बाँच्ने कारोना २८ डिग्री तापक्रममा नै यस्को जीबनचक्र बन्द हुने हुन्छ । एक ब्याक्तिबाट अर्कोमा सर्नको लागि स्पर्शनै यस्को उक्तम माध्यम हो । जति कम मानिस एक आपसमा स्पर्श गर्छन् त्यतीनै यस्को फैलिने क्रम रोकिन्छ । त्यही भएर नै लकडाउन सिष्टम यस्को नियन्त्रणको लागि उपयोगी हुन्छ ।

Advertisement