January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोनाको संक्रमण स्थल युरोपः इटलीमा एकैदिन ७ सय ४३ को मृत्यु

कोरोनाको संक्रमण स्थल युरोपः इटलीमा एकैदिन ७ सय ४३ को मृत्यु

चैत १२, काठमाडौं ।
एजेन्सी


कोभिड १९ को उद्गमस्थल चीनमा पछिल्लो केही दिन यता मृत्युदर शून्य रहेको समय युरोपियन मुलुकमा भने यस्को प्रभाव बढेर गएको छ । चिसोको मात्रा युरोपमा बढ्दा कोभिडको जिबित हुने क्षमतामा पनि बृद्धि हुँदा युरोपमा कोरोनाको संक्रमण पनि बढेको हो । विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय १० जना पुगेका छन् भने ४ लाख २१ हजार भन्दा बढी संक्रमित भएको तथ्याड बारिरिएको छ ।
कोभिड–१९ को नयाँ केन्द्रविन्दु मानिएको युरोपको इटालीमा हिजो एकैदिन ७ सय ४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या आज बिहानसम्म ५४ हजार बढी पुगेको छ । हालसम्म त्यहाँ ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।
इटालीपछि अर्को यूरोपेली अमेरिकामा यो रोग सरेको छ । हिजो एकैदिन १ सय ४५को अमेरिकनको मृत्यु भएको छ । संक्रमितको संख्या ५४ हजार ८ सय भन्दा बढी छ । हालसम्म त्यहाँ ७ सय ७५ जनाले ज्यान गुमाएका छन् ।
युरोपमा स्पेन पनि बढी आक्रान्त हुने मुलुकमा पर्छ । हिजो एकैदिन त्यहाँ ६ सय ८० जनाको मृत्यु भएको छ । आज बिहानसम्म त्यहाँ ३५ हजार बढी संक्रमित छन् । हालसम्म झण्डै ३ हजारले ज्यान गुमाइसकेका छन् ।
फ्रान्समा मृतकको संख्या २ सय ४० पुगेको छ भने संक्रमितको संख्या झण्डै १८ हजार पुगेको छ । हालसम्म त्यहाँ १ हजार १ सय जनाले न्यान गुमाएका छन् ।
यस्तै पश्चिम एसियाली मुलुक इरानमा हिजो एकैदिन १ सय २२ जनाको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या झण्डै १४ हजार पुगेको छ । हालसम्म त्यहाँ १ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ । यस्तै भारतमा हालसम्म १० जनाको ज्यान गइसकेको छ झण्डै ५ सय जना संक्रमित रहेका छन् ।

Advertisement