बेलायतमा पनि लकडाउनः २ जना भन्दा बढी भेला हुन नपाउने
- वाणिज्य न्युज
- १२ चैत्र २०७६
चैत १२, काठमाडौं ।
कोरोना संक्रमण फैलने क्रम बढ्दै गएपछि बेलायतले ३ साताका लागि लकडाउन गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले सोमबार मध्यरातीदेखि लागू हुने गरी लकडाउन घोषणा गर्नुभएको हो । बेलायतले २ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी वाहेक अरुलाई पनि घरमै बस्न निर्देशन दिइएको छ । लकडाउन उल्लंघन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
बेलायत सरकारले आफ्ना सबै नागरिकलाई घरबाहिर ननिस्कन भनेको छ । औषधी लगायत अत्यावश्यकीय सामाग्री खरिदका लागि मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरेको छ ।
प्रतिकृया दिनुहोस्