January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोनाको नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

कोरोनाको नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

चैत १२, काठमाडौं । 

Advertisement

विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरुको नमुना सङ्कलन घरमै व्यवस्था हुने बताएको छ ।

Advertisement

यसैबीच भारत सरकारले कोरोना भाइरसको परीक्षण गर्न सकिने प्रयाेगशाला (ल्याब)हरुको सूचीसमेत सार्वजनिक गरेको छ।

सरकारले कोरोना भाइरसको शङ्का लागि विरामीले माग गरेमा घरसम्म नै पुगी नमूना सङ्कलन गर्ने र परिक्षणका लागि दिल्लीमा एम्स, लखनऊमा केजीएम, जयुपुरमा एसएमएस, कोलकोत्तामा एनआईसीईडी, गुवाहाटीमा जीएमटी, नागपुरमा आइजीजीएमसी, मुम्बईमा कस्तुरबा मेडिकल कलेज, अहमदावादमा बीजे मेडिकल कलेज, बैंगलोरमा बीएमसीआरआई र चेन्नईमा केआईपीएमआर लगायतका अस्पतालहरुमा व्यवस्था मिलाएको छ ।

यसअघि भारतभर १३ वटा ल्याबमा मात्रै कोरोना भाइरसको परीक्षणको सुविधा रहेकोमा मंगलबारदेखि थप १८ ल्याबमा कोरोना भाइरसको परीक्षण गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ । भारतमा अब ३१ वटा प्रयोगशालामा कोरोनाको परीक्षण गर्न सकिने छ ।

सरकारले निजी प्रयोगशालाका लागि परीक्षण शुल्कसमेत तोकेको छ। निजी प्रयोगशालामा ४ हजार ५ सय भारतीय रुपैयाँमा कारोनाको जाँच गर्न सकिने बताइएको छ।

सरकारले निजी प्रयोगशालामा यदी कसैको रिपोर्ट ‘पोजेटिभ’ आएमा अन्तिम परीक्षणका लागि पुणे पठाउनु पर्ने जनाएको छ। त्यसपछि मात्रै कोरोना हो की होइन भन्ने कुराको पुष्टि हुनेछ। एजेन्सी ।