यसकारण इटाली पर्यो कोरोनाको चपेटामा
१२ चैत्र, २०७६
इटालीमा कोराना भाइरसका कारण मंगलबार एकैदिन ७४३ जनाको मृत्यु भएको छ योसँगै मृतकको संख्या ६ हजार ८ सय २० पुगेको छ।
कोरोना भाइरसको संक्रमण इटालीमा जनवरी र फेब्रुअरीको सुरुका तीन हप्ता पहिचान हुन नसकेका कारण धेरैमा संक्रमण फैलिएको पछिल्लो अध्ययनबाट खुलेको छ।
पहिलो संक्रमण पुष्टि हुने बेलासम्म लोम्बार्दीको दक्षिणी क्षेत्रका अधिकांश बजार तथा शहरमा संक्रमण फैलिसकेको थियो । सो क्षेत्रका संक्रमित मध्ये आधालाई अस्पताल भर्ना गर्नु परेको छ ।
त्यस्तै, इटालिमा सबैभन्दा बढी ज्येष्ठ नागरिक रहेकाछन् । कोरोना भाइरसको संक्रमणमा बढी उमेरका मानिस चाँडै पर्छन् । जसले गर्दा पनि यिनीहरुलाई बचाउन मुस्किल पर्छ ।
त्यहाकाँ मानिसहरु समूहमा मिलेर बस्छन् र आपसमा चुम्दै प्रेम दर्शाउँछन् । परिवार पनि निकट हुन्छन् । यि र यस्तै कारणले गर्दा इटालिमा कोरोना भाइरसले बढी भयावह स्थिति ल्याएको छ ।
तर नेपालमा भने यस्तो स्थिति नआओस् भनेर संक्रमण फैलनु अगावै सरकारले संयमता अपनाइसकेको छ । जसअनुसार अहिले नेपाल लक डाउनको अवस्थामा रहेको छ । यस्तो बेला तपाई हामी सबैले घरबाहीर निस्केर बहादुरी नदेखाइकन संयमता अपनाउदै घरबाहीर ननिस्केर सरकारको यस्तो राम्रो निर्णयको साथ दिनुपर्छ ।
प्रतिकृया दिनुहोस्