April 30, 2025, Wednesday
[nepali_today_date]

ब्रिटेनका राजकुमार चाल्र्सलाई कोरोनाभाइरस सङ्क्रमण

ब्रिटेनका राजकुमार चाल्र्सलाई कोरोनाभाइरस सङ्क्रमण

चैत १२, काठमाडौं ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले विश्वका ख्यातिप्राप्त ब्यात्तित्व समेत प्रभावित भएका छन् । पछिल्लो विवरण अनुसार ब्रिटेनका राजकुमार चाल्र्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ ।
एकहत्तर वर्षीय राजकुमार चाल्र्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको जनाइएको छ ।
उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ । तर उनमा भाइरस भएको देखिएको छैन् ।
चल्र्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरुबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।
केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । त्यही उनीहरुलाई कारोना संक्रमण भएको विविसिले जनाइएको छ ।

Advertisement