भारतमा गयो कोरोनाबाट १३ जनाको ज्यान
चैत १३, काठमाडौं ।
छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार भारतमा कोरोनाबाट तीन जनाको ज्यान गएको विविसीले जनाएको छ । भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६ सय ८६ जनामा भाइरसको संक्रमण देखिएको छ ।
भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
प्रतिकृया दिनुहोस्